४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी

आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी
अ+ अ-

काठमाडौं । नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप छ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप छ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक दस्तावेजीकरणको काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रक्रिया सफल भए नेपालमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । तीमध्ये १४ वटा हिमाल नेपालमै पर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष शेर्पाले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको बताउँदै यसको विकासमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था र अन्य सरोकारवालाको संयुक्त योगदान रहेको उल्लेख गर्नुभयो ।

उहाँले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताउँदै नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै नेपालको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको दाबी गर्नुभयो । नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्नसमेत संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

शेर्पाका अनुसार नेपाल पर्वतारोहण संघले अहिले करिब एक सय वटा हिमालको प्रस्ताव तयार पारिरहेको छ । साथै, सरकारले गर्ने प्राविधिक काममा समेत संघले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

यसअघि पर्यटन विभागले आफ्नो पिक प्रोफाइलमा ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर) लाई आधिकारिक रूपमा समावेश गरिसकेको छ ।

त्यसैगरी, ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चार वटा नयाँ शिखर पहिचान भएका छन् । तीमध्ये कञ्चनजंघा सेन्टर ८,४७३ मिटर, कञ्चनजंघा साउथ ८,४७६ मिटर, यालुङखाङ ८,५०५ मिटर र यालुङखाङ वेस्ट ८,०७७ मिटर उचाइका छन् ।

संघका अध्यक्ष शेर्पाले थप छ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया सफल भए नेपालको पर्वतीय पर्यटनमा थप नयाँ सम्भावना खुल्ने बताउनुभयो ।