१५ मंसिर २०८१, शनिबार
,
Latest
बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा बिआरआई सबैको सहमतिमै अघि बढ्छः परराष्ट्रमन्त्री डा राणा पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा: वन मन्त्री शाही एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको उत्सव-फोटो फिचर भारतमा आँधीका कारण विद्यालय बन्द बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित सत्ता परिवर्तनका लागि काँग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितामा आगो लगाउने क्रममा जलेर दुई घाइते



अ+ अ-

दमौली । तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई घाइते भएका छन् ।

सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ ।

पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।