१२ श्रावण २०८३, मंगलवार
,
Latest
सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने निर्यातमुखी अर्थतन्त्र निर्माणको नेतृत्व गर्न उद्यमीलाई अर्थमन्त्रीको आग्रहः लगानी र प्रतिफलको सुरक्षा गर्ने प्रतिवद्धता श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई हराउँदै एपीएफ झापा गोल्ड कपको फाइनलमा



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चार पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

आर्मी गएको संस्करणको विजेता पनि हो । एपीएफले खेलको ७० औँ मिनेटमा उपहार गोल पायो ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।




भर्खरै