२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया थाना अन्तर्गत पर्ने मछरगाँवा घर भएका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन् ।

प्रहरीका अनुसार फागुन २३ गते नारायणगढबाट वीरगञ्ज आएको यात्रुवाहक बसमा सवार यात्रु बाराको आदर्श कोतवाल गाउँपालिका–८ का उपेन्द्र मुखियालाई साहले नशालु पदार्थ मिसाइएको मिठाई र बिस्कुट खुवाएर बेहोस पारेका थिए । मुखिया बेहोस भएपछि उनको साथमा रहेको नगद ४१ हजार ५०० रुपैयाँ र १ थान मोबाइल लुटेर साह वीरगन्जको नयाँ बसपार्कबाट फरार भएका थिए ।

साहलाई बेहोस पारेर लुटिएको खबर पाएको प्रहरीले खोजतलास गर्ने क्रममा साहलाई बसपार्कस्थित भानुचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट लुटपाट गरिएकोमध्ये ३७ हजार ४१० रुपैयाँ र १ थान मोबाइल बरामद पनि गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा सात दिनको म्याद लिई अनुसन्धान थालिएको छ ।