१२ मंसिर २०८१, बुधबार
,
Latest
राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल कालीगण्डकी नदी किनारमा शव भेटियो दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकालाई हरायो प्रधानमन्त्रीको टिप्पणीः मुलुकमा झुटको खेती गर्नेको कमी छैन विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारतसँग १०-० गोलले पराजित, फाइनलमा भारत र बंगलादेश भिड्ने



अ+ अ-

काठमाडौँ । नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग ३–१ गोलअन्तरको हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग नेपाल २–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने नेपालले भुटानसँग ३–० गोलअन्तरले विजयी भएको थियो ।

नेपालविरुद्धको आजको खेलमा भारतले पहिलो हाफमा ६ गोल गरेको थियो । दोस्रो हाफमा भारतले थप चार गोल गर्यो । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले दुई दुई गोल गरेका थिए । यस्तै अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले एक एक गोल गरे । नेपाली खेलाडीले एउटा आत्मघाती गोल गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा शुक्रबार भुटान र बङ्गलादेशबीच खेल हुनेछ ।