२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकलिन फर्नान्डेजको भवनमा आगलागी



अ+ अ-

एजेन्सी । बुधबार राति मुम्बईको पाली हिल क्षेत्रमा रहेको नवरोजी हिल सोसाइटीको १७ तले भवनको १४ औं तलामा आगलागी भएको थियो ।

यस भवनको १५ औं तलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको फ्ल्याट छ । दमकलले डेढ घण्टाको मेहनतपछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

समाचार अनुसार भवनको १४ औं तलामा रहेको भान्साकोठामा आगलागी भएको हो । तर, यसको वास्तविक कारण अझै थाहा हुन सकेको छैन । यो आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै ज्याकलिलका फ्यानहरूले चिन्ता व्यक्त गर्न थालेका थिए ।

ज्याकलिनको भव्य ५ बिएचके अपार्टमेन्ट यस भवनको १५ औं तलामा छ । उनको अपार्टमेन्टको इन्टेरियर डिजाइन शाहरुख खानकी पत्नी गौरी खानले गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार २५५७ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यस अपार्टमेन्टमा क्लब हाउस, जिम र स्विमिङ पुलको सुविधा पनि छ ।