२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकलिन फर्नान्डेजको भवनमा आगलागी



अ+ अ-

एजेन्सी । बुधबार राति मुम्बईको पाली हिल क्षेत्रमा रहेको नवरोजी हिल सोसाइटीको १७ तले भवनको १४ औं तलामा आगलागी भएको थियो ।

यस भवनको १५ औं तलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको फ्ल्याट छ । दमकलले डेढ घण्टाको मेहनतपछि आगो नियन्त्रणमा लिएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

समाचार अनुसार भवनको १४ औं तलामा रहेको भान्साकोठामा आगलागी भएको हो । तर, यसको वास्तविक कारण अझै थाहा हुन सकेको छैन । यो आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनेबित्तिकै ज्याकलिलका फ्यानहरूले चिन्ता व्यक्त गर्न थालेका थिए ।

ज्याकलिनको भव्य ५ बिएचके अपार्टमेन्ट यस भवनको १५ औं तलामा छ । उनको अपार्टमेन्टको इन्टेरियर डिजाइन शाहरुख खानकी पत्नी गौरी खानले गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार २५५७ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यस अपार्टमेन्टमा क्लब हाउस, जिम र स्विमिङ पुलको सुविधा पनि छ ।