४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग

निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग
अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले मुलुकको निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।

मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा बोल्दै उहाँले निर्वाचनमा प्रविधिको प्रयोग, यसको सुरक्षा र समावेशिताका विषयमा धारणा राख्नुभएको हो ।

सांसद अग्रवालले आधुनिक युगमा प्रविधि भित्र्याउनु अपरिहार्य भएपनि यसको सुरक्षा र दीर्घकालीन कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । निर्वाचनलाई पेपरलेस बनाउँदा राज्यको भार कम हुने र उम्मेदवार तथा मतदाताको खर्च समेत न्युनिकरण हुने उहाँको तर्क छ । निर्वाचनका क्रममा मतदाताले भोग्नुपर्ने सास्ती र खर्चका कारण धेरै नागरिक मतदान प्रक्रियाबाट बाहिर रहेको चर्चा गर्दै सांसद अग्रवालले निर्वाचनलाई थप समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय र प्रदेश तहमा प्रविधिको प्रभावकारी प्रयोगबारे जिज्ञासा राख्दै उहाँले जनताले अहिले तत्काल परिणाम खोजिरहेको उल्लेख गर्नुभयो । निर्वाचनको परिणामका लागि लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ । सांसद अग्रवालले विदेशमा रहेका नेपाली नागरिकहरूलाई चाँडोभन्दा चाँडो मताधिकार प्रदान गर्ने विषयलाई अहिलेको प्राथमिक आवश्यकताका रूपमा उठाउनुपर्ने बताउनु भयो ।