१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते



अ+ अ-

काठमाडाैँ । सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

हलकण्डरा डाँडागाउँबाट आज बिहान १०ः०० बजे दशरथपुरतर्फ जाँदै गरेको भे१ख ५४० नंको यात्रुबाहक मुस्ताङ जिप उकालोमा अनियन्त्रित भई सडकमा पल्टिदा जिपमा सवार ती यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

त्यसमध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक पोखेरेलका अनुसार छाती, ढाड र शरीरको भित्री अङ¬्गमा चोट लागि गम्भीर अवस्थाका चारै बिरामीलाई उपचारका लागि माया नर्सिङ होम सुर्खेतमा पठाइएको छ । अन्य केही घाइतेको सोही नर्सिङ होममा र केही सामान्य घाइतेको भने स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको जनाइएको छ । रासस