काठमाडाैँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत श्रेष्ठको मंगलबार निधन भएको हो ।
श्रेष्ठलाई नेपाली कांग्रेसले वरिष्ठ नेताका रूपमा घोषणा गर्ने तयारी गरेको थियो । यस विषयमा कांग्रेस कार्यसमितिको बैठकले निर्णय गर्ने बताइएको थियो ।
श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गरेका छन् ।











