१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

भुपु गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ: नारायण खड्का

भुपु गोरखा सैनिकको मुद्दामा अन्तर्राष्ट्रिय कानून आकर्षित हुन्छ: नारायण खड्का
अ अ+ अ-

काठमाडौँ । पूर्वपराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. नारायण खड्काले भुतपूर्व गोरखा सैनिकको पेन्सनसँग सम्बन्धित विषयमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउनुभएको छ ।

आईतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकेसम्म बेलायत सरकारसँग पहल गर्ने र पहलबाट बेलायती सैनिक सरह नै ब्रिटिश गोरखा सैनिकले पनि समान सेवा सुविधा पाउनुपर्ने माग सम्बोधन हुन नसके अन्तर्राष्ट्रिय कानूनबाट अघि बढ्न सकिने बताउनु भयो ।

उहाँले यस विषयमा प्रधानमन्त्री जानु भन्दा पनि प्राविधिक समितिले एजेण्डाका विषयमा छलफल गर्ने वातावरण बनाइदिनुपर्ने बताउनु भयो । उहाँले मन्त्री स्वयंले यस विषयमा नेपालका लागि बेलायती राजदुतलाई बेलाएर छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले भुतपूर्व गोरखा सैनिकमाथि बेलाय सरकारले गरेको काम गम्भीर, अन्याय र विभेदकारी रहेको बताउनु भयो । उहाँले भारत र अमेरिका लगायतका देशहरुसँगको लविङ पनि आवश्यक रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा गम्भीर मुद्दा छ, अन्याय र विभेदकारी पनि छ । अन्तर्राष्ट्रिय कानून पनि यसमा आकर्षित हुन्छ । त्यो अन्तिम कदम हो । अहिले नै हामी त्यसमा गइहाल्ने भन्ने छैन । प्रधानमन्त्री स्तरमा पनि कुरा उठेको छ । तर पनि उनीहरुले हामी हेर्छौं, अध्ययन गर्दैछौँ भनेका छन् । बेलायती सेनाप्रम्ुख जनवरी अन्तिममा नेपाल आएका थिए । पेट्रिक स्ट्याण्डर्ससँगको कुरामा उनी सकारात्मक कुरा रहेको बताएका छन् । केही कानून परिवर्तन गर्न सकिन्छ भन्ने छ । यो विषय गम्भीर छ । यस भन्दा अघि पनि उठेका छन् । यसकै लागि प्रधानमन्त्री जाने भन्दा पनि र मन्त्रीजीकै लागि पनि प्राविधिक समितिले तयार पारेर जाने हो । सिधै मन्त्री गएर कुरा गर्ने भन्ने हुँदैन । हाम्रा एजेण्डामाथि छलफल हुने भएमात्रै जानुपर्छ । यसमा अन्तर्राष्ट्रिय सहयोग पनि चाहिन्छ । अरु देशहरुले हामीलाई सहयोग गर्नुपर्छ । भारत, अमेरिका लगायतका देशहरुसँग लविङ गर्नुपर्छ । ३ सय खर्ब भन्दा पनि ठूलो हाम्रो आत्मसम्मान हो । न्याय हामीले पाउने कुरा हो । सरकारले यसलाई गम्भीरतापूर्वक लिन्छ भन्ने लाग्छ ।’

उहाँले भुतपूर्व गोरखा सैनिकले न्याय पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी रहेको बताउनु भयो ।