२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिसँग बेखबर नहुन परराष्ट्रमन्त्रीलाई एमालेको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

आईतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले सम्बन्धित विषयहरुमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद समितिसँग बेखबर हुने गरेको भन्दै आलोचना गर्नुभयो । उहाँले धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरु भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिन मन्त्री साउदलाई सचेत गराउनु भयो । उहाँले सूचनाको ग्यापले समिति र सरकारकै जवाफदेहीता कमजोर हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘धेरै सम्झौता, धेरै कार्यक्रम, धेरै अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र मन्त्रालयसँगका विषयहरु भएका सञ्चारमाध्यमबाट सुन्ने तर समितिसँग बेखबर हुने कुरालाई धेरै निरन्तरता नदिनु हुन अनुरोध गर्दछु । सचिव पनि आउनुभएको छ । मन्त्रीज्युलाई कम्तिमा हामीले समितिलाई प्रभावकारी बनाउन सके पदीय गरिमा पनि थप गर्विला बनाउन सक्छौँ । त्यो कुरा मनन गर्नुभए हुन्थ्यो । सूचनाको ग्यापले यो सदस्यको रुपमा जवाफदेहीता कमजोर हुँदा मेरो नभइ समिति र समितिको मात्र नभइ मन्त्रीज्युकै प्रभावकारी हुन कठिन छ ।’

उहाँले राष्ट्रियता र राष्ट्रको स्वाभिमानका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो ।