१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

शालिन मृत्यु प्रकरण: अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह

शालिन मृत्यु प्रकरण: अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह
अ अ+ अ-

काठमाडौँ । छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको घटनाबारे अनुसन्धानमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

कार्यालयले आज विज्ञप्ति जारी गर्दै उक्त घटनामा सिनियर अनुसन्धान प्रहरी खटाइ सूक्ष्म अनुसन्धान गरिरहेकोले अनुसन्धान प्रभावित हुनेगरी समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको हो ।

फागुन १२ गते बिहान १०:३० बजे चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल सोही स्कुलको होस्टेलमा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् । उक्त घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

घटनाको तथ्यपरक एवं वस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा घटनालाई सामाजिक सञ्जाल र सञ्चार माध्यममा सम्प्रेषित विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तीमा भनिएको छ, ‘बालबालिकाको मृत्यु जस्तो संवेदनशील विषयलाई अत्यन्त गाम्भीरयताका साथ लिही प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले पेशागत मूल्य मान्यता, दक्षतार विवेक प्रयोग गरी अनुसन्धान भइरहेको र वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषण समेतको आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँछौँ ।’