३ श्रावण २०८३, आईतवार
,
Latest
भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग बाल सुधार गृहको दयनीय अवस्था सुधार गर्न र मौजुदा कानून कार्यान्वयन गर्न सांसद कर्णको माग लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, क–कसले दिन पाउँछन् ?



अ+ अ-

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।
धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि अर्थमन्त्रालयले गठन गरेको सिफारिस समितिले आज दरखास्त आह्वान गरेको हो । दरखास्त दिने समय १५ दिन दिइएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त दिन कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । यसैगरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुनको क्षेत्रमा कम्तिमा ७ वर्ष काम गरेको लब्धप्रतिष्ठित व्यक्त हुनुपर्ने छ । ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यसअघि अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि जारी गरेको थियो ।
कार्यविधिमा बोर्डको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनेपर्ने योग्यता तोकिएको थियो । साथै, आवेदक नेपालको नागरिक र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ ।

उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णाङ्कलाई विभिन्न अंक भारमा विभाजन गरिएको छ । जसमा व्यावसायिक कार्ययोजनाको अंक भार ४०, शैक्षिक योग्यताको १२, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको १८ र अन्तर्वार्ताको ३० गरी १०० पूर्णाङ्कमा मूल्यांकन हुनेछ ।