३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल

केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल
अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई दक्षिणपन्थी शक्तिसँगको राजनीतिक सांठगाँठतर्फ नलैजान आग्रह गर्दै कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाएर व्यापक छलफल गर्नुपर्ने बताएका छन्।

आइतबार जारी विज्ञप्तिमा खनालले नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा रहे पनि राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न अंगबीचको सम्बन्धमा थप जटिलता देखिन थालेको उल्लेख गरेका छन्।

उनले देश आर्थिक, सामाजिक र राजनीतिक संकटतर्फ उन्मुख भइरहेको दाबी गर्दै विदेशी हस्तक्षेप र आन्तरिक अस्तव्यस्तताविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्। यस्तो एकता सम्पूर्ण वामपन्थी शक्तिहरूको साझा पहलबाट सम्भव हुने उनको भनाइ छ।

खनालले विगतमा नेपाली वामपन्थी दलहरूले नीतिविहीन र गुटीय स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्ने गल्ती दोहोर्‍याएको टिप्पणी गरेका छन्। आफ्नै पार्टीले समेत त्यही गल्ती गरेको स्वीकार गर्दै अहिले पुनः त्यही बाटो अपनाउने खतरा देखिएको उनको भनाइ छ।

विज्ञप्तिमा उनले कुनै पनि नयाँ राजनीतिक समीकरण वा प्रदेश सरकार गठनसम्बन्धी निर्णय गर्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाई आजको राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गर्नुपर्ने माग गरेका छन्। उनले क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्रै नीति तय गर्नुपर्ने उल्लेख गर्दै पार्टीलाई दक्षिणपन्थी सम्झौतावादतर्फ जानबाट संस्थागत रूपमा जोगाउनुपर्ने बताएका छन्।

केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि हुने राजनीतिक सांठगाँठ रोक्नुपर्नेमा जोड दिँदै खनालले आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने बताएका छन्। अहिलेको समय राजनीतिक सांठगाँठ गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको उनको निष्कर्ष छ।