१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने

साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
अ अ+ अ-

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री, दिगो र अनुमानयोग्य बनाउने उद्देश्यसहित दूध उत्पादक सहकारी संस्था तथा निजी डेरी फार्मलाई साउन मसान्तभित्र सम्पर्क गर्न आग्रह गरेको छ।

संस्थानले आइतबार जारी गरेको सूचनामा विगत ५७ वर्षदेखि दुग्ध उत्पादक सहकारी संस्था, निजी फार्म तथा किसानबाट उत्पादित दूध संकलन गर्दै आएको उल्लेख गर्दै सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

संस्थानले आगामी दिनमा सहकारी तथा निजी फार्मसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै दुग्ध क्षेत्रको विकासमा निरन्तर योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

सूचनाअनुसार, आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार संस्थानसँग निरन्तर दूध कारोबार गर्न इच्छुक सहकारी संस्था तथा निजी फार्मले २०८३ साल साउन मसान्तभित्र आफूलाई पायक पर्ने डीडीसीको आयोजना, चिस्यान केन्द्र वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

संस्थानले तोकिएको अवधिभित्र सम्पर्कमा नआउने सहकारी संस्था तथा निजी फार्मसँग त्यसपछि दूध खरिद–बिक्रीको कारोबार गर्न आफू बाध्य नहुने स्पष्ट गरेको छ।