१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूले सार्वजनिक गरेको पछिल्लो भिडियोबारे उठेका प्रतिक्रिया र आलोचनाप्रति व्यंग्यात्मक शैलीमा सामाजिक सञ्जालमार्फत पुनः प्रतिक्रिया जनाउनुभएको छ।

हिजो सार्वजनिक गरेको भिडियोपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका बेला आइतबार शाहीले फेसबुकमा स्टाटस लेख्दै आफूले वर्षौंदेखि मनमा लुकाउन खोजेका केही कुरा मुखबाट स्वतः निस्किएको उल्लेख गर्नुभएको हो।

उहाँले ‘जापानको रक्सी पनि कडा रहेछ’ भन्दै व्यंग्यात्मक रूपमा लेख्नुभएको छ, ‘वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ।’

त्यसपछि उहाँले सहकारी ठगी प्रकरण, विभिन्न समूह तथा व्यक्तिलाई लक्षित गर्दै आफूले प्रयोग गरेका अभिव्यक्तिलाई दोहोर्‍याउनुभएको छ। साथै, ‘खाँदै नखाएको रक्सी पनि लागेछ’ भन्ने टिप्पणी गर्दै आफ्नो अभिव्यक्तिलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ।

शाहीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै व्यंग्यपूर्ण शैलीमा, ‘विश्वभरिका बेरोजगार केटाहरू हो, आज तिमीहरूको डलर तन्नै झर्छ। जति रोस्ट गर्न मन छ गर, जति स्टाटस लेख्न मन छ लेख। आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है,’ भन्ने टिप्पणी पनि गर्नुभएको छ।