१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
अ अ+ अ-

काठमाडाैँ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।

मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको हो । युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ । अमेरिकाले इरानभित्रका पुल, विद्युत् पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ ।

इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढाएको छ । अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार आक्रमणमा इरानको तटीय निगरानी तथा हवाई प्रतिरक्षा प्रणाली, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारणस्थललाई निशाना बनाइएको थियो । विज्ञप्तिअनुसार यस अभियानमा पहिलो पटक ‘रिभोलुसनरी गाड’का संरचनालाई प्रत्यक्ष रूपमा लक्षित गरिएको हो ।

अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा लडाकु विमान तथा समुद्रबाट प्रहार गरिएका ‘टोमाहक क्रुज मिसाइल’ प्रयोग गरिएको देखिएको छ । एउटा लक्ष्य पहाडी क्षेत्रमा रहेको सैन्य आधार भएको जनाइएको छ । रिभोलुसनरी गार्डले आफ्ना क्षेप्यास्त्र तथा अन्य सैन्य सामग्री प्रायः पहाडी सुरुङ र आधारमा राख्ने गरेको बताइन्छ । इरानले अमेरिकी आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्व आठौँ दिनमा प्रवेश गरेको छ ।

विश्वव्यापी तेल तथा प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यस क्षेत्रको सुरक्षा विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ । अमेरिकी सेनाका अनुसार जोर्डनस्थित सैन्य अड्डामा इरानको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको, एक जना बेपत्ता भएका तथा चार जना घाइते भएका छन् । युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी पक्षले जनाएको छ । इरानी अधिकारीका अनुसार अमेरिकाको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।