६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको कीर्तिमानी इटनले भंग गरेपछि नेपालका कप्तान रोहितले के भने ?



file photo:can
अ+ अ-

काठमाडौँ ।  त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबवै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो । यसै खेलमा नामिबियाका जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे ।

उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए । इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमानी पनि तोडे । उनले ३३ बलमै शतक पूरा गरेका हुन् । यसअघि मल्लले सन् २०२३ मा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

नेपालका कप्तान रोहित पौडेलले इटनले खेलको सुरुवातदेखि नै राम्रो लय पकड लिँदै ब्याटिङ गरेको बताएका छन् । खेल सकिएपछि उनले पत्रकारहरुसँग भने ‘इटनले जस्तो सटहरू खेल्न खोजिरहेका थिए, सबैले काम गरिरहेको थियो । उनले हरेक साइडमा खेलिरहेकाले मल्लको कीर्तिमान तोडिएला जस्तो मलाई लागेको थियो ।’

नेपालले भोलि बुधबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।