५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियासामु निरिह न्युजिल्याण्डः १०२ रन जोडेर अलआउट, ७२ रनले पराजित



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ७२ रनले पराजित गरेको छ । न्युजिल्याण्डको अकल्याण्डमा भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड १७ ओभरमा अलआउट हुँदै १०२ रनमात्र बनायो ।

उसका लागि ग्लेन फिलिप्सले ४२, ट्रेन्ट बोल्टले १६ र जोस क्लार्कसनले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न आडम जाम्पाले ४, नाथन इलिसले २ तथा प्याट कमिन्स, मिचेल स्टार्क र जोस हेजलवुडले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले १९.५ ओभरमा अलआउट हुँदै १७४ रन जोड्यो । उसका लागि ट्राभिस हेडले ४५, प्याट कमिन्सले २८, मिचेल मार्शले २६, टिम डेभिडले १७, स्टिभ स्मिथ र नाथन इलिसले ११र११ रन जोडे ।

बलिङतर्फ न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ४, आडम मिल्ने, बेन सिर्स, मिचेल सान्टनरले २–२ विकेट लिए ।

यसअघि अष्ट्रेलियामा भएको पहिलो टी–२० आईमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो ।