१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै



अ+ अ-

टोकियो। जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक १२ करोडभन्दा तल झरेको छ ।

बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार, सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको सङ्ख्या ११ करोड ९७ लाख ३६ हजार ४८३ मा झरेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा नौ लाख १७ हजारले घटेको हो । सन् १९६८ देखि तुलनायोग्य तथ्याङ्क राख्न थालिएयता यो अहिलेसम्मकै ठूलो वार्षिक गिरावट हो ।

जापानका ४७ प्रिफेक्चर (प्रशासनिक क्षेत्र)मध्ये  टोकियोमा मात्र जापानी नागरिकको जनसङ्ख्या ०.०९ प्रतिशतले बढेको छ ।

यसैबीच, जापानमा विदेशी बासिन्दाको सङ्ख्या तीन लाख ५४ हजारले बढेर ४० लाख ३१ हजार १५९ पुगेको छ । सन् २०१३ देखि तथ्याङ्क राख्न थालेयता यो विदेशी बासिन्दाको सबैभन्दा ठूलो सङ्ख्या हो ।

विदेशी बासिन्दासमेत समेट्दा जापानको कुल जनसङ्ख्या १२ करोड ३७ लाख ६७ हजार ६४२ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब पाँच लाख ६३ हजारले कम हो ।

तथ्याङ्कअनुसार टोकियो, चिबा र ओसाका प्रिफेक्चरमा मात्र कुल जनसङ्ख्या वृद्धि भएको छ । (रासस/सिन्ह्वा)