१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियासामु निरिह न्युजिल्याण्डः १०२ रन जोडेर अलआउट, ७२ रनले पराजित



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ७२ रनले पराजित गरेको छ । न्युजिल्याण्डको अकल्याण्डमा भर्खरै सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड १७ ओभरमा अलआउट हुँदै १०२ रनमात्र बनायो ।

उसका लागि ग्लेन फिलिप्सले ४२, ट्रेन्ट बोल्टले १६ र जोस क्लार्कसनले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न आडम जाम्पाले ४, नाथन इलिसले २ तथा प्याट कमिन्स, मिचेल स्टार्क र जोस हेजलवुडले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले १९.५ ओभरमा अलआउट हुँदै १७४ रन जोड्यो । उसका लागि ट्राभिस हेडले ४५, प्याट कमिन्सले २८, मिचेल मार्शले २६, टिम डेभिडले १७, स्टिभ स्मिथ र नाथन इलिसले ११र११ रन जोडे ।

बलिङतर्फ न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ४, आडम मिल्ने, बेन सिर्स, मिचेल सान्टनरले २–२ विकेट लिए ।

यसअघि अष्ट्रेलियामा भएको पहिलो टी–२० आईमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको थियो ।