४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु

अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु
अ+ अ-

तेहरान। संयुक्त राज्य अमेरिका र इरानबीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको बिराम बुधबार अन्त्य भएको छ ।

इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु भएको हो ।

इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरानसमर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक हवाई आक्रमण गरेका छन् । यसैबीच, ‘स्टे«ट अफ होर्मुज’ व्यवस्थापनसम्बन्धी वार्ता पनि अवरुद्ध भएपछि क्षेत्रीय तनाव थप बढेको छ ।

अमेरिकी सेनाले मध्यपूर्वमा रहेका आफ्ना सैनिकलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयास विफल पारेको जनाएको छ । जोर्डनको सशस्त्र बलले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका पाँच क्षेप्यास्त्र पत्ता लगाएर नष्ट गरेको जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । आइआरजीसीले अमेरिकाले निरन्तर दिइरहेको धम्की र सैन्य दबाबको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ ।

यसअघि अमेरिकाले इरानमाथिको बमबारी रोक्नुका साथै तेहरानले पनि जवाफी आक्रमण स्थगित गरेपछि केही समयका लागि तुलनात्मक शान्ति कायम भएको थियो ।

इरानी क्षेप्यास्त्र आक्रमण भएको केही घण्टापछि अमेरिका र साउदी अरबले पूर्वी इराकमा रहेका इरानसमर्थित सशस्त्र समूहका अखडामा हवाई आक्रमण गरेका हुन् । वासिङ्टन र रियादका अनुसार ती स्थल अमेरिकी सेना तथा साउदी तेल संरचनामाथि ड्रोन आक्रमण गर्न प्रयोग हुँदै आएका थिए ।

साउदी अरबले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले पूर्वी प्रान्त र राजधानी रियादस्थित ऊर्जा पूर्वाधारलाई लक्षित गरी आएका ड्रोन रोकेको जनाएको छ । ती आक्रमण इराकबाट सञ्चालन हुने इरानसमर्थित समूहले गरेको आरोप साउदी अरबले लगाएको छ ।

इराकी अर्धसैनिक गठबन्धन ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ)ले आफ्ना विभिन्न अखडामाथि आक्रमण भएको जनाएको छ । पीएमएफ स्रोतका अनुसार आक्रमणमा कम्तीमा १० जना सदस्य मारिएका छन् । गठबन्धनले घटनालाई इराकको सार्वभौमिकताको उल्लङ्घन भएको बताएको छ ।

यसैबीच, सैन्य तनाव बढेसँगै ‘स्टे«ट अफ होर्मुज’ व्यवस्थापनसम्बन्धी वार्ता पनि अवरुद्ध भएको छ ।

ओमानले खाडी राष्ट्रको समर्थनमा रणनीतिक जलमार्गको संयुक्त व्यवस्थापन संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावमा जलयात्रा र समुद्री सुरक्षामा सहयोग पु¥याउन पानीजहाजबाट स्वैच्छिक योगदान सङ्कलन गर्ने व्यवस्था पनि समावेश थियो ।

तर इरानले ओमानसँग संयुक्त रूपमा ‘स्टे«ट अफ होर्मुज’ व्यवस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । तेहरानले ‘स्टे«ट अफ होर्मुज’को प्रमुख जलमार्ग व्यवस्थापनमा आफ्नो केन्द्रीय भूमिका कायम रहनुपर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकाले भने अन्तरराष्ट्रिय जलपरिवहनमा अवरोध पु¥याउने कुनै पनि व्यवस्थाको विरोध गर्दै ‘स्टे«ट अफ होर्मुज’अन्तरराष्ट्रिय आवागमनका लागि खुला रहनुपर्ने अडान दोहो¥याएको छ । (रासस/सिन्ह्वा)