१३ श्रावण २०८३, बुधबार
,
Latest
संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन शाहलाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।

केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेतामा बालेन शाहलाई मनोनीत गरेको जानकारी गराउनु भएको थियो ।

रास्वपाको विधानमा वरिष्ठ नेता सभापतिले मनोनीत गर्न पाउने प्रावधान छ । बैठकले सचिवालय समेत गठन गरेको छ । बैठकले निर्वाचत पदाधिकारीहरू समेटेर सचिवालय गठन गरेको हो ।

सचिवालयमा पार्टी सभापतिलामिछाने सहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहनु भएको छ ।

एक–एक उपसभापति र महामन्त्री, दुई सहमहामन्त्री, प्रवक्ता, दुई सहप्रवक्ता र एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ ।