काठमाडौँ । राहदानी विभागले अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन सेवाग्राहीसँग अनुरोध गरेको छ।
विभागले बुधबार उक प्रेस विज्ञप्ति जारी गर्दे अत्यावश्यक अवस्थामा राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि स्पष्ट पारेको छ।
साथै, प्रणाली स्थिरीकरणका लागि तीन महिनाको अवधि आवश्यक रहेकाले यो अवधिभित्र अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन सेवाग्राहीसँग अनुरोध गरेको छ।
बिभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन तथा सेवा प्रवाहको क्षमता उल्लेखनीय रूपमा विस्तार गर्दै दैनिक करिब १ हजार ५ सय वटा राहदानी उत्पादन तथा छपाइ भइरहेको जनाएको छ।
पछिल्लो समय राहदानीको माग बढेसँगै सेवा प्रणालीलाई थप प्रभावकारी, सेवाग्राहीमैत्री र व्यवस्थित बनाइएको विभागले जनाएको छ।















