२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फाइटर’लाई ‘टप गन’सँग तुलना गरेपछि के भन्छन् निर्देशक सिद्धार्थ आनन्द ?



अ+ अ-

एजेन्सी । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’ भोलिबाट ​​हलमा रिलिज हुँदैछ । यस फिल्ममा ऋतिक र दीपिका पहिलो पटक सँगै पर्दामा देखिने भएका छन् । दुवै फिल्ममा वायुसेना अधिकारीको भूमिकामा देखिनेछन् ।

फिल्म ‘फाइटर’मा धेरै एरियल एक्सन दृश्य छन् । ट्रेलरमा ती दृश्यहरू हेरेपछि मानिसहरूले ुफाइटरुलाई टम क्रुजको हलिउड फिल्म ुटप गनुसँग तुलना गर्न थालेका छन् ।

फिल्मका निर्देशक सिद्धार्थ आनन्दले यी दुई फिल्मको तुलनाबारे मिडियासँग खुलेर कुरा गरे । ‘फाइटर’ पुलवामा हमलामा आधारित एक्शन फिल्म हो । टम क्रुजको फिल्ममा जस्तै यस फिल्ममा भीएफएक्सको निकै राम्रो प्रयोग गरिएको दाबी गरिएको छ ।

निर्देशक सिद्धार्थ आनन्द आफ्नो फिल्म ‘टप गन’सँग तुलना गर्दा दुखित भएका छन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘हामीले हाम्रा फिल्मलाई अलि सम्मानका साथ हेर्नुपर्छ । हरेक पटक हलिउड फिल्मलाई विकृत गरेर यहाँ फिल्म बनाइन्छ भन्ने सोच्नु गलत हो । ‘फाइटर’ मौलिक फिल्म हो ।

कतिपयले ऋतिक रोशनको ‘फाइटर’लाई टम क्रुजको फिल्म ‘टप गन’सँग तुलना गरिरहेका छन् । दुवै चलचित्रमा हवाई एक्शन दृश्यहरू छन् । यस फिल्ममा ऋतिकले उत्कृष्ट एक्सन गरेका छन् र सायद यही कारणले ‘फाइटर’को तुलना ‘टप गन’सँग हुन थालेको छ ।

फिल्मका निर्देशकले यो तुलना गलत भएको भन्दै भने, ‘हामी त्यति क्रिएटिभ छैनौं कि यस्ता काम गरौं । हामीले एउटा एक्सन फिल्म बनाएका छौं र ‘टप गन’ पनि एक्सन फिल्म थियो, यी दुवै फिल्ममा योभन्दा सामान्य केही छैन ।’

ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर र करण सिंह ग्रोवर जस्ता अनुभवी कलाकारहरुको अभिनय रहेको फिल्म ‘फाइटर’ रिलिजको तयारीमा छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म भोलि अर्थात जनवरी २५ मा रिलिज हुँदैछ । फिल्मको अग्रिम बुकिङलाई हेर्दा ‘फाइटर’ बक्स अफिसमा सफल हुने अनुमान गरिएको छ ।