२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की



अ+ अ-

काठमाडाैँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय सवारी साधन र वातावरणमैत्री मोबिलिटी (गतिशीलता) का क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभएको छ ।

मंगलवार ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको यो प्रयासले दिगो तथा सुरक्षित सहरी यातायातको लक्ष्य हासिल गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल जस्तो इन्धन खपत कम गर्नुपर्ने मुलुकका लागि विद्युतीय सवारी साधनको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीले पनि पछिल्लो समय वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले विद्युतीय सवारीको प्रयोगलाई क्रमशः विस्तार गर्दै लगेको जानकारी दिनुभयो ।

महानिरीक्षक कार्कीले मुलुकको सडक सुरक्षाको भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रश्तुत गर्नुभएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ (स्रोतमा उल्लेखित ८२/८३ लाई पछिल्लो तथ्यांकको रूपमा लिँदा) मा नेपालभर २९ हजार ९ सय ८८ वटा सवारी साधन दुर्घटनामा परेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो ।

नेपालमा औसत प्रतिदिन ८२ वटा सडक दुर्घटना हुने गरेका छन् । जसमा दैनिक १ सय ३० जना घाइते र औसत ७ जनाको मृत्यु हुने गरेको छ । उहाँकाअनुसार पछिल्लो एक वर्षमा मात्रै २ हजार ७ सय ७ जना नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने ४७ हजार ५ सय ५३ जना घाइते भएका छन् । यो तथ्यांक अत्यन्तै मर्माहत तुल्याउने खालको रहेको उहाँले बताउनु भयो ।

महानिरीक्षक कार्कीले ‘मोबिलिटी’ को बहुआयामिक महत्वमाथि प्रकाश पार्दै यसलाई आर्थिक, सामाजिक र भौतिक विकासको कडीका रूपमा चित्रण गर्नुभयो । पुँजीको चलायमानताले अर्थतन्त्रलाई बलियो बनाउने र मानवीय जीवनमा पनि गतिशीलता उत्तिकै महत्वपूर्ण हुने उहाँको तर्क छ । उहाँले सुरक्षित मोबिलिटीका लागि राज्य, निजी क्षेत्र र नागरिक सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल