११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै

गुरुङ समुदायद्वारा ट्होटेँ मनाइँदै
अ अ+ अ-

काठमाडाैँ । गण्डक क्षेत्रका कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायत जिल्लामा गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ पर्व आज हर्षाेउल्लासपूर्वक मनाइँदैछ । गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रुपमा बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ । ट्होटेँका अवसरमा कास्कीको अन्नपूर्ण, मादी, माछापुछ्रे गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।

उक्त समुदायले आफ्नो पुस्तैनी पर्वलाई धान्दै आएको छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप यस पर्वको सुरुआत भएको मानिन्छ । तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले पोखरासहित यस क्षेत्रका गुरुङ गाउँबस्तीमा ट्होटेँ पर्व मनाइने गरिएको बताउनुभयो । चैतमा सामूहिक रुपमा र साउनमा गुरुङ गाउँ र समाज घरहरुमा अलगअलग रुपमा ट्होटेँ मनाउने गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ । यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर परापूर्वकालदेखि ट्होटेँ पर्वको थिती बसेको अध्यक्ष गुरुङले बताउनुभयो ।

धमु धिँ नेपालको अगुवाईमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रुपमा मनाउन थालिएको थियो । चैतमा मनाइने ट्होटेँमा गुरुङहरु परम्परागत बाजागाजासहित जातिय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रर्दशन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ । साउनमा पर्ने ट्होटेँलाई भने गुरुङ समाजघर र गाउँबस्तीमा परम्परागत रुपमा मनाउने प्रचलन छ । गुरुङ सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको यस पर्व १५ सय वर्षदेखि अस्तित्वमा रहेको गुरुङ जातिको इतिहासमा उल्लेख छ ।

आदिमकालमा गुरुङहरु गुफा, गोठ हुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको परम्परा सुरु भएको मानिन्छ । बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले थप व्यापकता पाएको गुरुङ अगुवाहरु बताउँछन् । उनीहरुका भनाइमा गुरुङ जातिका पूर्वजहरुले आफ्नो बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरी यो पर्व मनाउन सुरु गरेका थिए । पछिल्लो समय देशमा रहेको बेथिति, बिसङ्गको अन्त्य होस्, मानज जातिको कल्याण होस् भन्ने कामना गरी पर्व मनाउने गरिएको छ ।

कबिला कालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पूर्वजहरुले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा रहिआएको छ । यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ । पोखरासहित यस क्षेत्रका एक सय ४८ गुरुङ गाउँ र समाजघरमा ट्होटेँ पर्व मनाउने गरिएको छ ।

चैतमा उभौली र साउन उधौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ । ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने तमु धिँ नेपालका अध्यक्ष गुरुङले बताउनुभयो । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो ।