२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन



अ+ अ-

काठमाडाैँ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्नुभएको छ । उहाँ बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको औपचारिक निमन्त्रणमा हेटौंडा आउनुभएको हो ।

प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानीस्थित हेटौँडा सहिद स्मारक, भैरवडाँडास्थित पाथीभरा मन्दिर, मकवानपुरगढीस्थित ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रको स्थलगत अवलोकन गराउनुभएको थियो । उहाँहरूबीच दुई प्रदेशबीचको सम्बन्ध सुदृढ बनाउँदै विकास, अनुभव आदान–प्रदान र सहकार्य प्रदेशका गतिविधि, उपलब्धि र चुनौतीबारे छलफल भएको थियो ।

दुवै प्रदेशले सफल अभ्यासको अनुसरण गर्ने, प्रदेश कार्यालयका कार्यप्रणाली तथा प्रशासनिक अनुभव साटासाट गर्ने तथा विविधि विषयमा थप छलफल भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।