११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न,

नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न,
अ अ+ अ-

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कास्कीको २०औँ कास्की जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता कक्षा १–५, ६–८ र ९–१० गरी तीन तहमा सञ्चालन गरिएको थियो ।

नेशनल प्याब्सन कास्कीका उपाध्यक्ष विकल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेशनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले विद्यार्थीहरूले प्रतियोगितामा आफ्नो ज्ञान, विधागत तर्कशक्ति, स्मरणशक्ति तथा प्रस्तुतीकरण क्षमता प्रदर्शन गरेको बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने कास्कीका विद्यालय, विद्यार्थी, शिक्षक, सहजकर्ता तथा नेशनल प्याब्सनका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यार्थी तथा शिक्षक केन्द्रित कार्यक्रमका लागि आगामी दिनमा पनि केन्द्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेशनल प्याब्सन गण्डकी प्रदेशका उपाध्यक्ष चेतनाथ भण्डारी र सदस्य भोजराज अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा हाजिरीजवाफ विशेषज्ञका रूपमा केन्द्रबाट रञ्जित गुप्ता तथा जिल्लाबाट त्रिविक्रम दाहाल, विचित्र न्यौपाने र सन्दिप ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो । उहाँहरूको सहजीकरणमा प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत कक्षा १–५ तर्फ लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल प्रथम भएको छ । मर्निङ ग्लोरी एकेडेमी द्वितीय, एकता आवासीय विद्यालय तृतीय र सिद्धिविनायक बोर्डिङ स्कुल चतुर्थ भएका छन् ।

त्यस्तै, कक्षा ६–८ तर्फ रिलायन्स पब्लिक स्कुल प्रथम भएको छ । लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल द्वितीय, एकता आवासीय विद्यालय तृतीय र विश्वज्योति इङ्लिस स्कुल चतुर्थ भएका छन् ।

कक्षा ९–१० तर्फ मर्निङ ग्लोरी एकेडेमी प्रथम, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल द्वितीय, रिलायन्स पब्लिक स्कुल तृतीय र पिनाकल एकेडेमी चतुर्थ भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विषयका प्रश्नहरू समावेश गरी छुट्टाछुट्टै चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

नेशनल प्याब्सन कास्कीले विद्यालय तहमा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पु¥याउँदै आएको अतिरिक्त क्रियाकलाप प्रमुख एवं कोषाध्यक्ष कमल थापाले बताउनुभयो । उहाँका अनुसार यस्ता बौद्धिक तथा सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।