९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो

ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो
अ अ+ अ-

काठमाडौं । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्ला चलेसँगै ग्यासको बिक्री तथा आपूर्ति दुवै बढेको छ । नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन २४ गतेसम्म प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको छ ।

कार्यालय प्रमुख मनोहर डिसीका अनुसार विगत दुई आर्थिक वर्षको तथ्याङ्कको तुलनामा चालु आर्थिक वर्षको साउनको २४ दिनमै ग्यासको आपूर्ति तथा बिक्री बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ को साउन महिनाभर एक लाख १२ हजार ७७० सिलिण्डर ग्यास बिक्री भएको थियो । आर्थिक वर्ष २०८१/८२ को साउनमा भने ९९ हजार ८४० सिलिण्डर बिक्री भएको थियो ।

यस वर्षको साउन २४ गतेसम्म गत वर्षको पूरै साउनको तुलनामा तीन हजार २२० सिलिण्डर बढी बिक्री भइसकेको छ । साउनको बाँकी अवधिमा थप ५० हजार सिलिण्डर ग्यास आउने क्रममा रहेको कार्यालय प्रमुख डिसीले जानकारी दिनुभयो ।

निगमका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिममा कुल ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने ११ लाख ५० हजार ८३४ सिलिण्डर अर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब दुई दशमलव पाँच प्रतिशत कम सिलिण्डर बिक्री भएको निगमको तथ्याङ्कले देखाउँछ ।

चालु साउन २४ गतेसम्म एक हजार ६५७ मेट्रिक टन ग्यास बिक्री भएको छ । गत आर्थिक वर्षको साउन महिनाभर एक हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो । यस हिसाबले गत वर्षको पूरै साउनको तुलनामा चालु साउनको २४ दिनमै ४६ मेट्रिक टन बढी ग्यास बिक्री भएको देखिन्छ ।

पछिल्ला दुई आर्थिक वर्षमा ग्यासको बिक्रीमा भने उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा साउनमा एक लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएकामा भदौमा ८८ हजार ३१०, असोजमा ९२ हजार ५४०, कात्तिकमा ९६ हजार ११०, मङ्सिरमा एक लाख एक हजार २९० र पुसमा ८३ हजार ५८० सिलिण्डर बिक्री भएको थियो ।

त्यस्तै, माघमा एक लाख दुई हजार ४१०, फागुनमा ९५ हजार ८३०, चैतमा ८० हजार ७८०, वैशाखमा एक लाख दुई हजार ६०, जेठमा एक लाख नौ हजार ८३० र असारमा एक लाख १५ हजार ५०० सिलिण्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०८२/८३ मा भदौमा एक लाख आठ हजार ९९०, असोजमा एक लाख आठ हजार २२०, कात्तिकमा एक लाख १७०, मङ्सिरमा ९९ हजार ४००, पुसमा एक लाख चार हजार ५८०, माघमा एक लाख ९४० र फागुनमा एक लाख दुई हजार ६९० सिलिण्डर बिक्री भएको थियो । त्यसैगरी चैतमा ७७ हजार २१०, वैशाखमा ६६ हजार ७१०, जेठमा ७९ हजार १७० र असारमा एक लाख दुई हजार ९१५ सिलिण्डर बिक्री भएको थियो ।

महिनागत तुलना गर्दा आर्थिक वर्ष २०८२/८३ मा भदौमा अघिल्लो वर्षको सोही महिनाभन्दा २० हजार ६८० सिलिण्डर बढी बिक्री भएको थियो । असोजमा १५ हजार ६८०, कात्तिकमा चार हजार ६० र पुसमा २१ हजार सिलिण्डर बढी बिक्री भएको थियो । फागुनमा पनि अघिल्लो वर्षभन्दा छ हजार ८६० सिलिण्डर बढी बिक्री भएको थियो ।

तर वैशाखमा भने ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा ३५ हजार ३५० सिलिण्डरले घटेको थियो । जेठमा ३० हजार ६६० र असारमा १२ हजार ५८५ सिलिण्डर कम बिक्री भएको निगमको तथ्याङ्क छ । यसले प्रदेशमा ग्यासको माग तथा बिक्री महिनाअनुसार उल्लेख्य रूपमा घटबढ हुने गरेको देखाउँछ ।

चालु साउनमा भने ग्यासको माग पुनः तीव्र रूपमा बढेको छ । साउन २४ गतेसम्म बिक्री भएका एक लाख १५ हजार ९९० सिलिण्डरमध्ये रेडियन्ट (रोयल) ग्यासका ७२ हजार ९४० र सैपाल ग्यासका ४३ हजार ५० सिलिण्डर रहेका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा सोमबार धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि ग्यास डिलरमा नियमित आपूर्ति भइरहे पनि उपभोक्ताबाट माग अत्यधिक बढेको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार केही डिलरमा पर्याप्त मौज्दात रहे पनि कतिपय डिलरमा माग अस्वाभाविक रूपमा बढेको पाइएको छ । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि अभाव हुने हल्लाका कारण उपभोक्ताले अतिरिक्त सिलिण्डर भण्डारण गर्दा बजारमा दबाब देखिएको उहाँको भनाइ छ ।

“हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ”, खत्रीले भन्नुभयो ।

निगमका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख डिसीले पनि विगत वर्षको माग र हालको आपूर्तिको अवस्था विश्लेषण गर्दा प्रदेशमा ग्यास अभाव नरहेको बताउनुभयो । उहाँका अनुसार विगत वर्षको तुलनामा अहिले बढी ग्यास आपूर्ति भइरहेको छ ।

“सुदूरपश्चिममा आपूर्तिको समस्या छैन । हामीले विगत वर्षभन्दा हाल बढी नै ग्यास आपूर्ति गरिरहेका छौँ । उपभोक्ताले हल्लाको पछि लागेर सिलिण्डर थुपार्दा समस्या भएको हुनसक्छ”, डिसीले भन्नुभयो । रासस