एजेन्सी । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’ भोलिबाट हलमा रिलिज हुँदैछ । यस फिल्ममा ऋतिक र दीपिका पहिलो पटक सँगै पर्दामा देखिने भएका छन् । दुवै फिल्ममा वायुसेना अधिकारीको भूमिकामा देखिनेछन् ।
फिल्म ‘फाइटर’मा धेरै एरियल एक्सन दृश्य छन् । ट्रेलरमा ती दृश्यहरू हेरेपछि मानिसहरूले ुफाइटरुलाई टम क्रुजको हलिउड फिल्म ुटप गनुसँग तुलना गर्न थालेका छन् ।
फिल्मका निर्देशक सिद्धार्थ आनन्दले यी दुई फिल्मको तुलनाबारे मिडियासँग खुलेर कुरा गरे । ‘फाइटर’ पुलवामा हमलामा आधारित एक्शन फिल्म हो । टम क्रुजको फिल्ममा जस्तै यस फिल्ममा भीएफएक्सको निकै राम्रो प्रयोग गरिएको दाबी गरिएको छ ।
निर्देशक सिद्धार्थ आनन्द आफ्नो फिल्म ‘टप गन’सँग तुलना गर्दा दुखित भएका छन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, ‘हामीले हाम्रा फिल्मलाई अलि सम्मानका साथ हेर्नुपर्छ । हरेक पटक हलिउड फिल्मलाई विकृत गरेर यहाँ फिल्म बनाइन्छ भन्ने सोच्नु गलत हो । ‘फाइटर’ मौलिक फिल्म हो ।
कतिपयले ऋतिक रोशनको ‘फाइटर’लाई टम क्रुजको फिल्म ‘टप गन’सँग तुलना गरिरहेका छन् । दुवै चलचित्रमा हवाई एक्शन दृश्यहरू छन् । यस फिल्ममा ऋतिकले उत्कृष्ट एक्सन गरेका छन् र सायद यही कारणले ‘फाइटर’को तुलना ‘टप गन’सँग हुन थालेको छ ।
फिल्मका निर्देशकले यो तुलना गलत भएको भन्दै भने, ‘हामी त्यति क्रिएटिभ छैनौं कि यस्ता काम गरौं । हामीले एउटा एक्सन फिल्म बनाएका छौं र ‘टप गन’ पनि एक्सन फिल्म थियो, यी दुवै फिल्ममा योभन्दा सामान्य केही छैन ।’
ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपुर र करण सिंह ग्रोवर जस्ता अनुभवी कलाकारहरुको अभिनय रहेको फिल्म ‘फाइटर’ रिलिजको तयारीमा छ । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म भोलि अर्थात जनवरी २५ मा रिलिज हुँदैछ । फिल्मको अग्रिम बुकिङलाई हेर्दा ‘फाइटर’ बक्स अफिसमा सफल हुने अनुमान गरिएको छ ।