२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ



अ+ अ-

वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१० बाट प्रहरीले भारतको बिहारका सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि बरामद रकमको स्रोत तथा कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बरामद रकम अवैध कारोबारसँग सम्बन्धित भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।