२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।

आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् ।

आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते काठमाडौँमा हुने आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ । विधान संशोधन मस्यौदाबारे छलफल गरिने सो बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामा तल्लो कमिटीका सुझाव समावेश गरिनेछ ।

बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यलाई बैठकबारे जानकारी गराउनुपर्ने प्रावधान राखेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीको विधान संशोधनबारे मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिमरूप दिइने छ । पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि विधानको मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाइएको छ । पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिएको पार्टीले यही माघ ८ गते विधान मस्यौदा समितिको बैठक बोलाएको छ । पार्टीले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलका उम्मेदारलाई विजय गराउन पार्टी पङ्क्तिलाई परिचालन गर्न निर्देशन दिएको छ । रासस