११ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाइभाउजु कम्पनीमा अवसर नपाएका र योगदानवालाहरु !



अ+ अ-

दाइभाउजु कम्पनी (तत्कालिन नेपाली कांग्रेस) ले राष्ट्रिय सभामा यस अघि अवसर नपाएका र योगदान दिएकालाई मात्र मनोनयन गर्ने भनेर निर्णय गर्यो ।

त्यसको भोलिपल्ट अवसर नपाएका र योगदान दिएकालाई सिफारिस गर्यो ।

शायद आफुलाई प्रजातन्त्रको ठेकेदार मान्ने कम्पनीको वास्तविक प्रजातन्त्र यही हो भनेर हामीले बुझिदिनु पर्ने होला ।

अवसर नपाएका र योगदानवालाहरुमध्ये दुई जनाको उदाहरण लिंदा नै उपयुक्त होला–

१ आनन्द ढुङ्गाना

जहिलेसुकै संस्थापन पक्षमा रहेर तर मार्न माहिर देखिएर योगदान गरेको। अहिले पनि अनुशासन आयोगको प्रमुख भएर दाइभाउजु कम्पनीको विरोध गर्नेहरुलाई छानी छानी कार्वाही गरेर उच्च स्तरको योगदान पुर्याएको ।अन्य योगदान पछि देखिंदै जाने नै छ ।

२ कृष्ण सिटौला

जहिलेसुकै संस्थापन पक्षमा रहेर तर मार्न खप्पिस प्रमाणित भएर योगदान गरेको । आफ्नो पार्टीलाई मात्र हो र माओवादी समेतको लागि अनेकौं योगदान गरेको । संविधान निर्माण गर्दा आफ्नो पार्टीको सभापति तथा प्रधानमन्त्रीलाई बाइपास गरी प्रावधान राख्न योगदान पुर्याएको । पार्टीको सभापति तथा प्रधानमन्त्रीको धारणा विपरीत कुनै पनि दलले संसदमा बहुमत नल्याउने गरी प्रावधान राखी कम्युनिष्टहरुको चाहना पुरा गर्न योगदान गरेको ।

पार्टीको महाधिवेशनमा दाइभाउजु कम्पनीको पक्षमा सकुनीको रुपमा भूमिका खेली कांग्रेसलाई कम्पनीमा परिणत गर्न उच्चस्तरको योगदान गरेको । डार्फर काण्डमा प्रहरीका हाकिमहरुलाई फसाएर आफु चोखिन सफल भई योगदान गरेको ।

पार्टीले ८ पटक चुनावमा उठाएकोमा ३ पटक जितेर योगदान गरेको । गत चुनावमा राप्रपाका उम्मेद्वारलाई जिताएर योगदान गरेको ।यस्तै अन्य अनेकौं योगदान गरेको । अव राष्ट्रिय सभाको अध्यक्ष भएर यस्ता अनेकौं योगदान गरेको हेर्न पाइने नै छ ।

सच्चा नेपाली कांग्रेस कोही हुनुहुन्छ भने यस्ता (कु)योगदानको सही मूल्याङ्कन गर्न र योग्यहरुको मानमर्दन गर्ने प्रवृत्तिको अन्त्य गर्न लागिपर्नुहोस् ।

नत्र समयले नपर्खला !

-पूर्व सचिब शारदाप्रसाद त्रितालको फेसबुकबाट