• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   दाङमा दुई महिलाको हत्या ★   नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड ★   वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो ★   ‘क्यान्सरको उपचार गर्न’ हरिवंशले जसरी अरु विरामीले घर बेच्नु पर्दैन… ★   म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   रातो मछिन्द्रनाथ रथ तान्न सुरू ★   बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ ★   रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा ★   जापान – नेपाल फुटबल संघको उद्घाटन असार २ मा, च्यारिटी फुटबल पनि हुने ★   प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

राष्ट्रिय सभा निर्वाचन: यी हुन् कांग्रेसका उम्मेदवार,गगन ,अर्जुन र बलबहादुरको लिखित असहमति



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिम उम्मेदवारको नाम पारित गरेको हो ।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुङ्गाना (अन्य), बागमती प्रदेशमा जीतजङ्ग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसङ्ख्यक) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गगन थापाको असहमति

४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापा  नेताहरु अर्जुननरशिह केसी र बलबहादुर केसीले लिखित असहमति जनाउनु भएको छ ।

यस्तो छ थापाको फरक मत

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खास गरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२-१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभा को उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायत को मापदण्ड तय गरेको थियो।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन।

२. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः आजको निर्णय प्रति मेरो लिखित असहमति रहेको छ।

मेरो असहमति को बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण सङ्ग्लग्नता रहने नै छ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

यस्तो छ अर्जुननरशिह केसी र बलबहादुर केसीले लिखित असहमति