३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै



अ+ अ-

सोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ  ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ सङ्क्रमित भएका हुन । 

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तिव्र रुपमा फैलिएकाले दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ । यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । दैनिक सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको बुधबार पहिलो पटक हो । 

दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ सङ्क्रमित मध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा पनि धेरै भएको अधिकारीहरुले जनाएका छन् ।   

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ हजार ७८७ पुगेको छ । (रासस/सिन्ह्वा)