• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

प्रधानमन्त्री कप: कोशीको लगातार तेस्रो जित



काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । आईतबार मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार जित हात पारेको हो । यससँगै कोशीले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर मात्र ६९ रन बनायो । मधेशको लागि साना प्रविनले सर्वाधिक २७ रन बनाइन् । आरति महतोले १८ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोशीको लागि सबनम राइले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन् । एलिसा खडियाले २ विकेट लिँदा रुविना क्षेत्री र संगिता राइले समान एक एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो ।

कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् ।

त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् ।

त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् ।

अव सोमबार कोशीले एपिएफसँग खेल्नेछ भने मधेशले सोमबार गण्डकीसँग खेल्छ ।