१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशीको लगातार तेस्रो जित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित हात पारेको छ । आईतबार मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार जित हात पारेको हो । यससँगै कोशीले शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ३० रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाएर मात्र ६९ रन बनायो । मधेशको लागि साना प्रविनले सर्वाधिक २७ रन बनाइन् । आरति महतोले १८ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोशीको लागि सबनम राइले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर २ विकेट लिइन् । एलिसा खडियाले २ विकेट लिँदा रुविना क्षेत्री र संगिता राइले समान एक एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो ।

कोशीका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् ।

त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन् । उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन् । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् ।

त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन् । बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक विकेट झारिन् ।

अव सोमबार कोशीले एपिएफसँग खेल्नेछ भने मधेशले सोमबार गण्डकीसँग खेल्छ ।