१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनमै ‘सालार’ले कमायो २८५ करोड



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले रिलिजको दोस्रो दिन पनि बक्स अफिसमा आफ्नो आकर्षण कायम राखेको छ । ओपनिङ डेमा सालारले भारतीय बक्स अफिसमा ९० करोड ७० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

दोस्रो दिन देशभर ५५ करोड रुपैयाँ कमाएको छ । अहिले यसको कुल भारतीय बक्स अफिस कलेक्शन १४५ करोड ७० लाख पुगेको छ ।

व्यापार विज्ञहरूका अनुसार ओपनिङ डे मा फिल्मले विश्वभर १७८.७ करोड कलेक्सन गरेको थियो भने दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ । मात्र दुई दिनमा ‘सालार’को कुल ग्लोबल कलेक्सन रु २८५ करोड पुगेको छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंन्की’को भारतीय बक्स अफिस कलेक्सनको कुरा गर्ने हो भने तेस्रो दिन अर्थात शनिबार २५ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको छ । शनिबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४०.७१ प्रतिशत थियो । दोस्रो दिनको गिरावटपछि तेस्रो दिन यो फिल्मको कमाईमा उछाल आएको छ ।

करिब ३५०–४०० करोड रुपैयाँमा बनेको सालारले द्रुत गतिमा कमाइ गरिरहेको छ । यसलाई हेर्दा फिल्मले विकेन्डमा बजेटभन्दा बढी कमाउने अनुमान गर्न सकिन्छ । प्रशान्त नील निर्देशित फिल्म सालारमा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हसन र टिनु आनन्द पनि महत्वपूर्ण भूमिकामा छन् ।