• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता: रमेशलाई स्वर्ण ★   गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ?

‘आफ्नो सन्यासको निर्णय धोनी आफैँले लिनेछन्’



एजेन्सी । चेन्नई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले महेन्द्र सिंह धोनीको फिटनेसको बारेमा अपडेट दिएका छन् । धोनी आईपीएल २०२४ भन्दा पहिले पूर्ण रूपमा फिट हुनेछन् । धोनी पुनर्वास गर्दै छन् । उनले १० दिनपछि नेटमा अभ्यास सुरु गर्नेछन् ।

आईपीएल २०२३ को सुरुवातमै धोनीलाई घुँडाको चोट लागेको थियो । उनी आईपीएलभर पट्टी लगाएर मैदानमा खेलिरहेको देखिन्थे । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि दिलाएका थिए ।

फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई हराएको थियो । आईपीएलको लगत्तै धोनीको मुम्बईस्थित कोकिला बेन अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको थियो ।

काशी विश्वनाथनले धोनी आफैँले आईपीएलबाट सन्यासको घोषणा गर्ने बताएका छन् । उनले सन्यासबारे कसैलाई केही भनेनन् । ‘जब समय आउँछ उनी आफैँ भन्नेछन् ।’ विश्वनाथनले भने ।

गत सिजनको खेलमा धोनी जहाँ गए पनि उनलाई समर्थन गर्न पहेँलो जर्सी लगाएर फ्यानहरु रंगशालामा पुगेका थिए । उनले पटक–पटक उनको अन्तिम आईपीएल हुनसक्ने संकेत दिँदै आएका छन् ।

धोनीले यो निर्णय पछि लिनेछन् । चेन्नईले आईपीएल २०२४ मा धोनीलाई रिटेन गरेको छ । उनी यो सिजन पनि टिमको कप्तानीमा देखिनेछन् ।

आगामी सिजनको तयारीका सम्बन्धमा काशीले यस टोलीको तयारी अर्को वर्ष मार्चको पहिलो साताबाट चेन्नईमा सुरु हुने र मार्चको पहिलो हप्तामा शिविर आयोजना गर्ने योजना रहेको बताए ।