२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा

कर्मचारीका छोराछोरीले किन जागिर खाँदैनन् ?

कर्मचारीका छोराछोरीले किन जागिर खाँदैनन् ?
अ अ+ अ-

चेतनाको उत्पादन विचार हो। विचारले भाव पैदा गर्छ। यो संसार विचारको प्रकट रूप हो। पूर्वीय दर्शनका महान चेतना शास्त्री अरविन्दु घोष मानव विकासलाई चेतनाको विकासको रूपमा लिन्छन्। तर उनी भौतिकवादी चिन्तक हुन् । चेतनाले प्रकट गर्ने विचार नुतन हुन्छ।

त्यसैले प्रत्येक प्राणी दोस्रो पुस्तामा विचार र बुद्धिले आधुनिक मानिन्छ। पछिल्लो प्राणीको विशेषता अघिल्लो प्राणीको भन्दा झिनोरूपमा भएपनि फरक हुन्छ। अहिलेको प्रविधि ,भौतिक विकास र आध्यात्मिक चिन्तनले मान्छे दिनदिनै बढी बौद्धिक, चेतनशील र बाठो हुँदै जाँदैछ। यो देखिँदैन। तर समाज विकाससँगै यो हुँदै जान्छ। यसमा विज्ञानले आविष्कार र नयाँपन दिन्छ। आजको युग आटीफिसियल इन्टेलिजेन्स सम्म पुग्नुको मुख्य कारण यही हो।

मान्छे किन काम गर्छ भन्ने विषयमा मनोवैज्ञानिक, सामाजिक थुप्रै कारण हुन्छन्। व्यवस्थापनको सिद्धान्तको मुख्य खोजी यही हो। आजसम्म मान्छे किन काम गर्छ भन्ने विषय व्यवस्थापनलाई नै थाहा छैन। त्यसैले नयाँ नयाँ चिन्तन दर्शन र खोजी यसभित्र जारी छ। पछिल्लो समयमा मेसिनले मान्छेको विचार चोर्न थालेको छ। विचार र बानीको चोरी अध्ययनबाट अहिले संसारका देशहरू सेवा र वस्तुको उत्पादन गर्छन्। र बजार मजबुत बनाउँछन्।

पछिल्लो पुँजीवादी बजारको हतियार यही भएको छ। हामी त्यहाँसम्म कहिले पुग्ने हो । तर हाम्रा सन्ततिहरुले यो बाटो पछ्याइ सकेका छन्। संसारको प्रविधि, उद्योग ,व्यापारसँग हाम्रा सन्ततिहरू रमाउँदै छन्। तर हाम्रो आन्तरिक सरकारी नीति र संयन्त्र जङ्गलको युगबाट निस्केको अवस्थामा छ। यो फरकपनलाई पछ्याउन हाम्रा सन्ततिले सकेनन्। त्यसैले विदेशीँदैछन्।

हाम्रोमा व्यापारीको छोराछोरीलेले व्यापार गर्दैनन। कर्मचारीको छोराछोरीलेले जागिर खाँदैनन। कृषकको छोराछोरीलेले कृषि गर्दैनन। मूर्तिकारको छोराछोरीले मूर्ति बनाउँदैनन्। औजार बनाउनेका छोराछोरीले औजार बनाउँदैनन्। कपडा सिलाउनेका छोराछोरीले कपडा सिलाउँदैनन्। किनकि हाम्रो समाजले पेशालाई सम्मान गरेन। पैसालाई सम्मान गर्यो। जहाँ पैसाको सम्मान हुन्छ, त्यहाँ पेशाको सम्मान हुँदैन। पेशाले पैसा कमाउँछ भन्ने कुरामा हाम्रा सन्ततिले विश्वास गरेनन्। किनकि बाउ बाजेले अपनाएको पेसा छोरासम्म आइपुग्दा आधुनिक, पारदर्शी, उत्तरदायी र आफ्नोपन देखिएन। र सन्ततिहरू पुरानो पेशामा आफ्नो भविष्य देख्न छाडे।

प्रत्येक पेशाको आधुनिक रूप हुन्छ भन्ने कुरा समाजले सिकेन। सरकारी नीति पनि त्यस्ता भएनन् । पेशाभित्र राजनीति, प्रशासन ,व्यापार, समाज सबैले स्वार्थ देखायो। अहिलेको पुस्ता नवप्रवर्धन चाहन्छ। कुनै विषयलाई झट्टै विश्वास गर्दैन । तर हामी परिवार भित्रै यो लुकाउँछौं। यो लुकेको सन्ततिले प्रष्ट देखेको छ ।त्यसैले यो तृष्णायुक्त वितृष्णामा युवा पुस्ता छिर्न चाहँदैन। सामाजिक बन्धनबाट मुक्त हुन चाहन्छ ।जुन पश्चिमी संसारमा पर्याप्त छ ।यो विभेद जति बढ्दै जान्छ हाम्रा सन्ततिमा पुस्तैनी ज्ञान सीप र शिक्षा हस्तान्तरण कम हुँदै जान्छ। अहिले नेपालमा यो देखिँदैछ।

ठूलाठूला घरानिया, व्यापारी कर्मचारी ,राजनीतिज्ञ ,उद्योगपतिका छोराछोरीहरू अस्ट्रेलिया अमेरिकामा अर्कै पेशा गरेर घरजम गरेर बस्दैछन्। अधिकांश बाबुआमाहरूको अपेक्षा पनि यही छ। तर भारत लगायत विकसित देशहरूमा यो फरक छ। त्यहाँ दशौं पुस्तादेखि पुस्तैनी पेशामा रमाएका परिवारहरू थुप्रै पाइन्छन्। भारतमा आइएस र आइपीएसको आकर्षण यति धेरै छ कि उनीहरु आफ्नो पाँचौं पुस्ता आइएस भएकोमा गौरव गर्छन्।

सरकारी जागिरमा समाज नै खुसी हुन्छ। तर नेपालमा सरकारी जागिर खाएका बाआमाको मुखमण्डल हाउभाव र व्यवहारलाइ सन्ततिहरूले खासै रुचाउँदैनन् किनकि यो व्यवहारमा उनीहरू सन्तुष्टि देख्दैनन्। सरकारी जागिर खाएकोमा सन्ततिलाई खासै गौरव गाथा पनि सुनाउँदैनन्। तर यथार्थ पेशाविदले यो गौरव आफ्नो सम्पत्तिमा देखाउँछ। भ्रष्टाचार, अनियमितता, व्यक्तिगत स्वार्थ कारण समाजलाई हेर्ने निरपेक्ष भाव र राजनीतिको गलत खेललाई अहिलेको सन्ततिले राम्ररी बुझेको छ।

जबसम्म यो खेल दोस्रो पुस्ताले रुचाउँदैन तबसम्म पेसा हस्तान्तरण हुन सक्दैन। यसका लागि पहिलो पुस्ता सन्तुष्टि हुन जरुरी छ। जुन सन्तुष्टि युवा पुस्ताले अवसरकाे रूपमा विकास गर्छ नयाँ विचार पैदा गर्छ । तर सिपको खाडल हुँदै जाने हो भने हाम्रो देशको कला, संस्कृति, शिक्षा, व्यवहार र परम्परा कहाँ पुग्ला ? दोस्रो पुस्ताले यसलाई टिकाउनै पर्छ। जुन आजको मुख्य चुनौती र चिन्तनको विषय हो।