२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले गाजामा सहायता वितरणमा ठूलो अवरोध खडा गरेको छ: संयुक्त राष्ट्र प्रमुख



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको छ ।

इजरायलको आक्रमणले गाजा भित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताउनुभएको हो । गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुन: शुरु गर्न आवश्यक रहेको बताउनु भयो ।

करिव १९ लाख मानिस – गाजाको जनसंख्याको ८५ प्रतिशत – आफ्नो घर छोड्न बाध्य भएका छन् । गुटेर्रेसले गाजामा तुरुन्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्तत: मानवीय युद्धविराम हुन मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।