२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण

जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण
अ अ+ अ-

काठमाडौँ । नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ । यहाँ आज आयोजित विषेश समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानी विदेशमन्त्रीद्वारा उपलब्ध गराइएको प्रशंसापत्र जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा राजदूत युताकाले नेपाल–जापानबीच मित्रवत र प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले जापान र नेपालबीच सहयोग र सम्बन्धका विविध आयामबारे प्रकाश पार्दै जानले दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरिरहेको विचार प्रकट गर्नुभयो ।

जान नेपालबाट जापानमा जाइकाका कार्यक्रममार्फत अध्ययन, भ्रमण, तालिम लिई फर्केका विभिन्न विधाका व्यक्ति सम्मिलित संस्था हो । विगत पचास वर्षदेखि नेपाल र जापानबीचको सम्बन्धमा पुलका रूपमा काम गर्दै आएको जानले जापानको प्रविधि नेपालमा भित्र्याउने, मित्रता बढाउने, अप्ठ्यारोमा सहयोग आदान–प्रदान गर्ने कार्यमा योगदान पुर्‍याउँदै आएको छ ।

जापान सरकारले त्यस कार्यको मूल्याङ्कन गर्दै जानबाट उल्लेखनीय योगदान भएको जनाउँदै प्रशंसापत्र उपलब्ध गराएको हो । समारोहमा जानका अध्यक्ष डा भुसालले ५० वर्षअघि जाइका कार्यक्रममार्फत अध्ययन र तालिममा गएका अग्रजले नेपाल–जापानबीचको मित्रतालाई प्रगाढ तुल्याउने, प्रविधि हस्तान्तरण र सहयोग अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ सामाजिक संस्थाका रूपमा जान स्थापना गरिएको बताउनुभयो ।

संस्थामा नेपालका सरकारी निकायका उच्च तहमा रहेका सहित एक हजार दुई सय सदस्य रहेको जानका आजीवन सदस्यको सङ्ख्या छ सयभन्दा बढी रहेको सो अवसरमा जानकारी दिइयो ।

सन् १९७३ मा स्थापना भएको संस्थाको ५०औँ स्वर्ण महोत्सवका अवसरमा प्रशंसापत्र हस्तान्तरण कार्यक्रम भएको हो । विश्वमा जापानसँग जोडिएका यस्ता संस्थाको सङ्ख्या एक सयभन्दा बढी छ । उक्त संस्थाको तीन कार्यकालदेखि डा भुसाल अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

समारोहमा विभिन्न संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, सुरक्षा निकायका उच्च अधिकृत र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको सहभागिता थियो । रासस