२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द

साहु फरार भएपछि ग्यालेक्सी फोरके टेलिभिजन बन्द
अ अ+ अ-

काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजन बन्द भएको छ । टेलिभिजनका मालिक सहकारी ठगी प्रकरणमा फरार भएसँगै टेलिभिजन बन्द भएको हो ।

सुदर्शन बचत ऋण तथा सहकारी संस्थाका अध्यक्ष जिबी राईलाई १६ अर्ब भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ ।

राईविरुद्ध सहकारीका बचतकर्ताले ठगी गरेको भन्दै जिल्ला अदालत कास्कीमा मुद्दा समेत दर्ता गराएका थिए । जिल्ला अदालत कास्कीले राई विरुद्ध गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनी फरार छन् ।

साहु नै फरार भएपछि उनले सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजन बन्द गरिएको छ । टेलिभिजनमा काम गर्नेहरूले महिनौँसम्मको तलब नपाएको गुनासो गरेका छन् ।

उक्त संस्थामा कार्यरत केही टेलिभिजनकर्मीहरूले सो टेलिभिजन छाडेर अन्त काम थालिसकेका थिए ।