१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ सयभन्दा बढी पटक ट्राफिक कारबाहीमा, स्कुटरको मूल्य भन्दा चार गुणा बढी जरिवाना



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतमा बैंगलोर ट्राफिक प्रहरीले सोमबार राति एउटा स्कुटर नियन्त्रणमा लियो । गत वर्ष फेब्रुअरीदेखि हालसम्म ६ सय ३४ ट्राफिक नियम उल्लंघन गरेकोमा उनलाई ३ लाख २५ हजार जरिवाना गरिएको थियो ।

पुलिसले यस टिभीएस स्कुटीको खोजी गरिरहेको थियो र अन्ततः आरटी नगर ट्राफिक पुलिसले यसलाई समात्यो । अटोमेटिक इन्टेलिजेन्ट ट्राफिक म्यानेजमेन्ट सिस्टम क्यामेराले गाडीको उल्लङ्घन रेकर्ड गरेको एक अधिकारीले बताए ।

यो स्कुटी बैंगलोर ट्राफिक पुलिसको सूचीमा शीर्षमा थियो, जसका कारण यसलाई वान्टेडमा राखिएको थियो । सामाजिक सञ्जालमा यो खबर आएसँगै मानिसहरु स्तब्ध भएका छन् ।

स्कुटीको मालिक दिनेशकी श्रीमती गंगानगर निवासी माला दिनेश हुन् । उनी चिहानमा काम गर्छिन् । अधिकारीहरुका अनुसार स्कुटर २०२१ मा खरिद गरिएको थियो र पहिलो चलान २३ फेब्रुअरी २०२२ मा जारी गरिएको थियो । त्यसयता कुल ६ सय ३४ चलान जारी भएका छन् ।

हेल्मेट नलगाई वा गाडी चलाएर फोनमा कुरा गरेबापत यी सबै चलान जारी गरिएको हो । अन्तिम चलान यही वर्ष डिसेम्बर १७ मा जारी भएको थियो । यो स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यति धेरै महिनामा कुल जरिवाना रु ३.२५ लाख पुगेको छ, जुन स्कुटीको शोरुम मूल्यभन्दा चार गुणा हो । चलानको बारेमा जानकारी नभएको कारण दिनेश प्रायः आरटी नगर क्षेत्र भएर जान्थे । गत मंगलबार प्रहरी चौकी पुगेर यति ठूलो जरिवाना तिर्न सम्भव नभएको भन्दै उनले प्रहरीलाई स्कुटी छाड्न आग्रह गरेका थिए ।

इन्डियन एक्सप्रेससँग कुरा गर्दै प्रहरी आयुक्त (उत्तर ट्राफिक) सचिन घोरपडेले स्कुटी नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, ‘हामीले सवारी साधन मालिकलाई नोटिस जारी गरेका छौँ र जरिवाना तिरेपछि मात्रै सवारी छाड्छौँ ।’