२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

६ सयभन्दा बढी पटक ट्राफिक कारबाहीमा, स्कुटरको मूल्य भन्दा चार गुणा बढी जरिवाना

६ सयभन्दा बढी पटक ट्राफिक कारबाहीमा, स्कुटरको मूल्य भन्दा चार गुणा बढी जरिवाना
सांकेतिक तस्बिर
अ अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतमा बैंगलोर ट्राफिक प्रहरीले सोमबार राति एउटा स्कुटर नियन्त्रणमा लियो । गत वर्ष फेब्रुअरीदेखि हालसम्म ६ सय ३४ ट्राफिक नियम उल्लंघन गरेकोमा उनलाई ३ लाख २५ हजार जरिवाना गरिएको थियो ।

पुलिसले यस टिभीएस स्कुटीको खोजी गरिरहेको थियो र अन्ततः आरटी नगर ट्राफिक पुलिसले यसलाई समात्यो । अटोमेटिक इन्टेलिजेन्ट ट्राफिक म्यानेजमेन्ट सिस्टम क्यामेराले गाडीको उल्लङ्घन रेकर्ड गरेको एक अधिकारीले बताए ।

यो स्कुटी बैंगलोर ट्राफिक पुलिसको सूचीमा शीर्षमा थियो, जसका कारण यसलाई वान्टेडमा राखिएको थियो । सामाजिक सञ्जालमा यो खबर आएसँगै मानिसहरु स्तब्ध भएका छन् ।

स्कुटीको मालिक दिनेशकी श्रीमती गंगानगर निवासी माला दिनेश हुन् । उनी चिहानमा काम गर्छिन् । अधिकारीहरुका अनुसार स्कुटर २०२१ मा खरिद गरिएको थियो र पहिलो चलान २३ फेब्रुअरी २०२२ मा जारी गरिएको थियो । त्यसयता कुल ६ सय ३४ चलान जारी भएका छन् ।

हेल्मेट नलगाई वा गाडी चलाएर फोनमा कुरा गरेबापत यी सबै चलान जारी गरिएको हो । अन्तिम चलान यही वर्ष डिसेम्बर १७ मा जारी भएको थियो । यो स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यति धेरै महिनामा कुल जरिवाना रु ३.२५ लाख पुगेको छ, जुन स्कुटीको शोरुम मूल्यभन्दा चार गुणा हो । चलानको बारेमा जानकारी नभएको कारण दिनेश प्रायः आरटी नगर क्षेत्र भएर जान्थे । गत मंगलबार प्रहरी चौकी पुगेर यति ठूलो जरिवाना तिर्न सम्भव नभएको भन्दै उनले प्रहरीलाई स्कुटी छाड्न आग्रह गरेका थिए ।

इन्डियन एक्सप्रेससँग कुरा गर्दै प्रहरी आयुक्त (उत्तर ट्राफिक) सचिन घोरपडेले स्कुटी नियन्त्रणमा लिइएको पुष्टि गरे । उनले भने, ‘हामीले सवारी साधन मालिकलाई नोटिस जारी गरेका छौँ र जरिवाना तिरेपछि मात्रै सवारी छाड्छौँ ।’