रूपन्देही । बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी तुलसीराम अर्यालले जानकारी दिएका छन् ।
चिन्तानी थारु दम र प्रेसरका रोगि थिए । थारुको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले बताए ।