१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फास्ट एन्ड फ्युरियस’ अभिनेता भिन डिजेलमाथि यौन उत्पीडनको आरोप



अ+ अ-

एजेन्सी । चर्चित हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ स्टार भिन डिजेल समस्यामा परेका छन् । उनका पूर्व सहायकले उनीमाथि यौन उत्पीडन जस्ता गम्भीर आरोप लगाएकी छन् ।

बिहीबार लस एन्जलसमा दायर मुद्दाका अनुसार हलिउड स्टार भिन डिजेलका सहायकका रूपमा काम गरिरहेकी आस्टा जोनासनले आफू सन् २०१० मा भिन डिजेलसँग ‘फास्ट फाइभ’को सुटिङका ​​लागि एटलान्टामा हुँदा हलिउड स्टारले उनलाई जर्जियाको एक होटलको कोठामा थुनेर उनको अगाडि निकै लज्जास्पद कार्य गरी यौन उत्पीडन गरेको आरोप छ ।

सहायक एस्टा जोनासनले होटलको भित्तामा उभिएर उनको अगाडि हस्तमैथुन गरेको दाबी गरेकी छन् । कानुनी उजुरीका अनुसार जोनासनले भिन डिजेलको फिल्म कम्पनीमा धेरै वर्षदेखि काम गर्दै आएकी थिइन्, उनको सामाजिक कार्यक्रममा सहभागी हुनेदेखि लिएर उनको तस्बिर र कार्यक्रमहरूसम्म सबै कुराको ख्याल राख्दै थिइन् । जोनासनको प्रतिनिधित्व गर्ने ग्रीनबर्ग ग्रोसले यो कुरा बताए ।

द हलिउड रिपोर्टरका अनुसार भिन डिजेलका वकिल ब्रायन फ्राइडम्यानले भने ‘फास्ट एन्ड फ्युरियस’ अभिनेताको पक्षमा बोल्दै अभिनेताका सहायकले लगाएका सबै आरोप अस्वीकार गरेका छन् ।