२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएल राहुलले कप्तानको रुपमा विराट कोहलीको ऐतिहासिक कीर्तिमान बराबरी गरे



अ+ अ-

एजेन्सी । केएल राहुलको नेतृत्वमा रहेको भारतीय टोलीले पार्लको बोल्याण्ड पार्कमा खेलिएको निर्णायक एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्यो ।

यो जितसँगै भारतले सिरिज २–१ ले जितेको छ । केएल राहुलले कप्तानको रुपमा यो खेल जितेर ठूलो उपलब्धि हासिल गरेका छन् । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिकाले शानदार पुनरागमन गर्दै ८ विकेटले जित हात पारेको थियो । भारतले तेस्रो एकदिवसीय खेल जित्यो र केएल राहुल भारतका दोस्रो कप्तान बने जसले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा एकदिवसीय शृंखलामा हराए । यसअघि २०१८ मा विराट कोहलीको कप्तानीमा भारतले दक्षिण अफ्रिकालाई घरमै एकदिवसीय सिरिजमा पराजित गरेको थियो ।

तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिका टोलीका कप्तान एडेन मार्करामले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ ओभरमा ८ विकेट गुमाएर २९६ रन बनाएको थियो । सन्जु सामसन (१०८ रन) ले आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो शतक प्रहार गरे । योसँगै तिलक वर्माले आफ्नो एकदिवसीय करियरको पहिलो अर्धशतक बनाए । रिंकु सिंहको ब्याटबाट ३८ रन आयो ।

जवाफमा दक्षिण अफ्रिकी टोली ४५.५ ओभरमा २१८ रनमा अलआउट भयो । टोलीका तर्फबाट टोनी डी जर्जीले ८१ रनको इनिङ्स खेले । उनी बाहेक कप्तान एडेन मार्करामको ब्याटबाट ३१ रन आयो । निर्णायक खेलमा अर्शदिप सिंहले ४ विकेट लिए भने आवेश–सुन्दरले २–२ को सफलता हात पारे । मुकेश र अक्षरले १–१ विकेट लिए । यसरी भारतले तेस्रो एकदिवसीय खेल ७८ रनले जित्यो ।