४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप महिला क्रिकेट: गण्डकी प्रदेशद्वारा कर्णालीलाई १४२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ४२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ राजेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । गण्डकीका दुई ब्याटरले अर्धसतक बनाए । ओपरन अञ्जली विश्वकर्माले ४८ बलमा आठ चौका प्रहार गर्दै ५१ रनको योगदान दिईन्। यस्तै, ज्योत्सनिका मरासिनीले ४० बलमा एक छक्का र पाँच चौकाको सहयोगमा ५० बनाईन् ।

गण्डकीका सुमन खतिवडाले २२ रन बनाइन् । कर्णाली प्रदेशले अतिरिक्त १५ रन दिएको छ । कर्णालीका बलर यमुना थारु र अञ्जु गुरुङले समान दुई–दुई विकेट लिँदा रश्मी खड्काले एक विकेट लिईन्।