४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप महिला क्रिकेट: गण्डकी प्रदेशद्वारा कर्णालीलाई १४२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ४२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ राजेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनायो । गण्डकीका दुई ब्याटरले अर्धसतक बनाए । ओपरन अञ्जली विश्वकर्माले ४८ बलमा आठ चौका प्रहार गर्दै ५१ रनको योगदान दिईन्। यस्तै, ज्योत्सनिका मरासिनीले ४० बलमा एक छक्का र पाँच चौकाको सहयोगमा ५० बनाईन् ।

गण्डकीका सुमन खतिवडाले २२ रन बनाइन् । कर्णाली प्रदेशले अतिरिक्त १५ रन दिएको छ । कर्णालीका बलर यमुना थारु र अञ्जु गुरुङले समान दुई–दुई विकेट लिँदा रश्मी खड्काले एक विकेट लिईन्।