११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचेक्राँई गरेको छः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

शनिवार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उहाँले बताउनु भयो । उहाँले सरकारले हेलचेक्राँई अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । उहाँले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको बताउनु भयो ।

यात्रामा पार्टीका कार्यकर्ता भन्दा नागरिकहरु स्वागतका लागि आएको भन्दै उहाँले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो । मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मध्यपहाड नेपालको एकता र राष्ट्रिय समृद्धिको मुख्य क्षेत्र बन्दैछ । विभिन्न विशेषतासहित मध्यपहाडी क्षेत्र उठ्ने कोशिस गरिरहेको छ, यो सकारात्मक कुरा हो । तर पछिल्लो समय जसरी मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट हाल्ने र छिटो सम्पन्न गर्ने र यहाँका मानिसको जीवनस्तर उठाउन गर्नुपर्ने प्रयासमा जुन किसिमको ध्यान दिनुपर्ने हो त्यो दिइरहेको पाइएको छैन । केही ठाउँमा त बजेट नै यसवर्ष तोकिएको पैसा नै खर्च गर्न निकासा भइरहेको छैन भन्नेकुरा छन् । सरकारले यसलाई, यो हेलचेक्राँईलाई अन्त्य गरी तुरुन्तै यो बाटो सम्पन्न गर्न पैसा निकासा गर्नुपर्छ ।

पश्चिमदेखि पूर्वसम्म पुग्दा एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएँ । अहिले जनताहरु धेरै स्वागतका लागि आएको पायौँ । त्यो सकारात्मक कुरा हो । यसलाई पार्टीले राजनीतिक रुपमा, सकारात्मक रुपमा त्यो विश्वासलाई राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ । मध्यपहाडबाट भइरहेको बसाईंसराई ठूलो चुनौति रहेको छ । बसाईंसराई रोक्न र यहाँकै विकासमा केन्द्रित हुन मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले विभिन्न विकास गर्नुपर्छ । बस्ती विकास, शहर, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्नसक्छ । ग्रामिण रोजगारी बढाउनुपर्छ, जसले यहाँको बसाईंसराई रोकिन्छ । सरकार र नेकपा एमालेले यसमा बढी ध्यान दिनुपर्छ ।’

उपाध्यक्ष पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने बताउनु भयो । पार्टीको स्थापना मितिले पार्टी बुढो नहुने उहाँको भनाइ थियो ।